२६ असोज काठमाडौँ । नेकपा एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिममा हुने भएको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ,’ उनले भने ।स्थान र मितिको टुंगो भने केन्द्रीय कमिटी बैठकबाट हुने पनि उनले बताए ।एमालेको केन्द्रीय कमिटी बैठक आगामी २९ गतेबाट हुँदैछ ।