Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बोन र ब्लड क्यान्सरबाट पीडित कृष्णबहादुर विकको उपचारका लागि आर्थिक सहयोगको अपिल

बोन र ब्लड क्यान्सरबाट पीडित कृष्णबहादुर विकको उपचारका लागि आर्थिक सहयोगको अपिल

जोईन खबर

१३, कार्तिक २०८३
  • 340
    SHARES
  • बोन र ब्लड क्यान्सरबाट पीडित कृष्णबहादुर विकको उपचारका लागि आर्थिक सहयोगको अपिल

    १२ कार्तिक गोरखा । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–६, ताकुकोट ढापे तथा छविसे निवासी कृष्णबहादुर विक बोन क्यान्सर तथा ब्लड क्यान्सरबाट पीडित भएपछि उहाँको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। विगत एक महिनादेखि अस्पतालमा उपचाररत विकको स्वास्थ्य उपचारका लागि थप आर्थिक सहयोग आवश्यक भएपछि परिवारले सहयोगी मनहरूलाई साथ दिन आग्रह गरेको हो।

    images

    प्राप्त जानकारीअनुसार, विकको उपचारका क्रममा परिवारले उपलब्ध आर्थिक स्रोत खर्च गरिसकेको छ। अबको उपचार थप जटिल र खर्चिलो हुने तथा तत्काल बोन ट्रान्सप्लान्ट ९अस्थिमज्जा प्रत्यारोपण० आवश्यक रहेको बताइएको छ। तर, परिवारको आर्थिक अवस्थाले उपचारमा लाग्ने खर्च धान्न कठिन भएपछि उहाँको जीवन रक्षाका लागि सहयोग अभियान सञ्चालन गर्न अपिल गरिएको हो।

    images
    images
    images

    क्यान्सरजस्तो गम्भीर रोगसँग जुधिरहेका विकको उपचारलाई निरन्तरता दिन आर्थिक सहयोग आवश्यक रहेको भन्दै परिवार तथा सहयोग अभियानमा संलग्न व्यक्तिहरूले देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्तजन र सम्पूर्ण सहयोगी मनहरूलाई सक्दो सहयोग गरिदिन अनुरोध गरेका छन्।

    ‘तपाईंको सानो सहयोग पनि कसैको जीवन बचाउने आशा बन्न सक्छ’ भन्ने भावनासहित सहयोग गर्न इच्छुक महानुभावहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गर्न आग्रह गरिएको छ। आर्थिक सहयोग गर्न नसक्ने व्यक्तिहरूलाई समेत यो अपिल सामाजिक सञ्जालमार्फत शेयर गरेर सहयोग अभियानलाई धेरै मानिससम्म पुर्‍याइदिन अनुरोध गरिएको छ।

    मानवीय सेवाभावका साथ एकजुट भएर सहयोग गर्न सकेमा कृष्णबहादुर विकको उपचारमा केही राहत पुग्ने र जीवन बचाउने आशा कायम राख्न सकिने विश्वास गरिएको छ।

    सहयोगका लागि बैंक विवरण

    सहयोग संकलन गर्ने व्यक्ति : पूजा विक

    बैंकको नाम : ग्लोबल आइएमई बैंक

    खाता नम्बर:24807010058681

    सहयोग गरौँ, जीवन बचाऔँ।

    मानव सेवा नै सर्वोच्च धर्म हो। आज तपाईंले गरेको सानो सहयोग कसैका लागि जीवन जिउने ठूलो आशा बन्न सक्छ।

    प्रकाशित मिति :कार्तिक १३, २०८३ बिहिवार - १७:२३:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको