२९ असोज काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ।
कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले पूर्वानुमान गरेको छ।आज राती भने देशभर मौसम मुख्यतया सफा रहनेछ।