Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपाली बजारमा सुनको मूल्य बढेर रेकर्ड ब्रेक

 नेपाली बजारमा सुनको मूल्य बढेर रेकर्ड ब्रेक

जोईन खबर

३०, आश्विन २०८२
  • 445
    SHARES
  •  नेपाली बजारमा सुनको मूल्य बढेर रेकर्ड ब्रेक

    ३० असोज काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेर रेकर्ड ब्रेक गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    सो मूल्य हालसम्मको उच्च हो । बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो । पछिल्ला दिन सुनको मूल्यले निरन्तरको रेकर्ड ब्रेक गर्दै बढेको हो ।

    images
    images
    images

    यस दिन चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :आश्विन ३०, २०८२ बिहिवार - ११:२३:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको