Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टेनिस संघको वार्षिक साधारण सभा

टेनिस संघको वार्षिक साधारण सभा

जोईन खबर

३१, आश्विन २०८२
  • 646
    SHARES
  • टेनिस संघको वार्षिक साधारण सभा

    ३१ असोज काठमाडौँ । नेपाल टेनिस संघको १२ औं वार्षिक साधारण सभा शुक्रबार सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।

    images

    संघका अध्यक्ष मनोहरदास मुलको अध्यक्षतामा भएको साधारण सभामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र प्रदेशका प्रतिनिधिको भौतिक र भर्चुअल रुपमा उपस्थिति रहेको थियो ।

    images
    images
    images

    सो अवसरमा संघका महासचिव निरेशबहादुर श्रेष्ठले संघले निर्वाचित भएपछि गरेका गतिविधि र भावी योजना बारे प्रकाश पारेका थिए ।गत साउन १० गते भएको चुनावी साधारण सभाले मुलको अध्यक्षतामा केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेका थियो ।

    संघका कोषाध्यक्ष जयजीव हाडाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

    प्रकाशित मिति :आश्विन ३१, २०८२ शुक्रवार - १५:५२:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको