Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 मन्त्री हुने चर्चामा आएका  सुनार दुईवटा मुद्दाका फरार अभियुक्त 

 मन्त्री हुने चर्चामा आएका  सुनार दुईवटा मुद्दाका फरार अभियुक्त 

जोईन खबर

९, कार्तिक २०८२
  • 544
    SHARES
  •  मन्त्री हुने चर्चामा आएका  सुनार दुईवटा मुद्दाका फरार अभियुक्त 

    ९ कार्तिक काठमाडौँ । अन्तरिम सरकारको मन्त्री हुने चर्चामा आएका खगेन्द्र सुनार दुईवटा मुद्दाका फरार अभियुक्त रहेको केन्द्रीय प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)ले देखाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखा स्रोतका अनुसार दुईवटा अभियोगमा कैद भुक्तान गर्न बाँकी अर्थात् फरार अभियुक्तका रुपमा सुनारको नाम देखिएको हो ।

    images

    उनका विरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको तर मुद्दा फर्स्यौट नभएको प्रहरी रेकर्डमा छ । यस्तै जिल्ला अदालत सुर्खेतले २०८१ असार २१ मा जारी गरेको पक्राउ पुर्जीका आधारमा पनि उनी पक्राउ पर्न बाँकी र सजाय भुक्तान गर्न बाँकी देखिने प्रहरी स्रोतले जनाएको छ । सुनारमाथि सुर्खेतमा मेहेलकुना अस्पतालका प्रमुख डा.सोजन सापकोटामाथि हातपात तथा स्वास्थ्य संस्था तोडफोडको अभियोगमा पक्राउ पुर्जी जारी भएको हो ।

    images
    images
    images

    571291138_1921737595414658_3895267302026020598_n.jpg

    सुनारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दासमेत रहेको पाइएको छ । अधिवक्ता मनिषा गौतमले हालेको मुद्दामा गत असोज ६ गते पेसी तोकिएको भए पनि सर्वोच्च अदालत जलेपछि स्थगन भएको थियो ।नवराज विकको मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको फैसला चित्त नबुझेपछि सुनारले अदालतबाहिर वितन्डा मच्चाएका थिए । सर्वोच्चले प्रतिवादी सुनारलाई झिकाउने आदेश दिएको थियो । सुनारले लेखेको स्टाटसको स्क्रिनसट लिएर जाँदा पनि ब्यूरोले मुद्दा दर्ता गरेन । बरु ‘तपाईंको घर काभ्रे रहेछ, त्यहीँको अदालतमा जानू’ भनेर पठाइदिएको गौतम बताउँछिन् ।

    प्रकाशित मिति :कार्तिक ९, २०८२ आइतवार - १३:३१:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको