Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाललाई अमेरिकाले २ सय ६३ रनको लक्ष्य प्रस्तुत

नेपाललाई अमेरिकाले २ सय ६३ रनको लक्ष्य प्रस्तुत

जोईन खबर

९, कार्तिक २०८२
  • 565
    SHARES
  • नेपाललाई अमेरिकाले २ सय ६३ रनको लक्ष्य प्रस्तुत

    ९ कार्तिक काठमाडौँ । विश्वकप लिग२ अन्तर्गत अमेरिका र नेपालबीचको जारी एकदिवसीय खेलमा नेपाललाई अमेरिकाले २ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ६२ रन बनायो।

    images

    अमेरिकाका लागि ओपनर स्मिथ पटेलले ७५ रन बनाउँदा मिलिन्डा कुमारले ७० रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, साइजा मुकमल्लाले ४२ रन बनाए। थप दोहोरो स्कोरका रुपमा शुभम रन्जनीले १९ रन बनाए भने एन्ड्रेइस गौसले ११ तथा शयन जहागिरले ११ रन बनाए।

    images
    images
    images

    त्यस्तै, हर्मित सिंहले १६ रन बनाउँदा मोनक पटेलले १० रन बनाएका थिए। हर्मित सिंह १६ रनमा अविजित रहे।नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए। नेपाल केही बेरपछि जवाफि ब्याटिङका लागि मैदान उत्रिँदै छ।

    प्रकाशित मिति :कार्तिक ९, २०८२ आइतवार - १५:२९:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको