Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको चुमनुब्री गाउँपालिकामा हिमपात, तल्लो क्षेत्रमा वर्षा

गोरखाको चुमनुब्री गाउँपालिकामा हिमपात, तल्लो क्षेत्रमा वर्षा

जोईन खबर

११, कार्तिक २०८२
  • 454
    SHARES
  • गोरखाको चुमनुब्री गाउँपालिकामा हिमपात, तल्लो क्षेत्रमा वर्षा

    १० कार्तिक काठमाडौँ ।गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकाका विभिन्न वडाहरूमा गए रातिदेखि लगातार हिमपात भएको छ। चिसो बढेसँगै त्यहाँको जनजीवन प्रभावित बनेको स्थानीयहरूले बताएका छन्।
    यस्तै, गोरखा बजारसहित तल्लो क्षेत्रहरूमा भने कतै–कतै हल्का वर्षा भएको छ। वर्षासँगै मौसम ठन्डा बनेको छ भने दैनिक क्रियाकलापमा पनि असर परेको छ।

    images

    मौसमविद्हरूका अनुसार हाल पश्चिमी वायुको प्रभावका कारण हिमपात र वर्षा भइरहेको हो। उनीहरूले आगामी एक–दुई दिन अझै पानी पर्ने सम्भावना रहेको बताउँदै किसानहरूलाई अहिले धान नकट्न आग्रह गरेका छन्।

    images
    images
    images

    गोरखाको उच्च भेगमा हिमपातका कारण तापक्रम उल्लेख्य रूपमा घटेको छ भने यात्रु र स्थानीयहरूलाई आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ।

    प्रकाशित मिति :कार्तिक ११, २०८२ मंगलवार - १०:०३:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको