१२ कार्तिक काठमाडौँ । नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। बुधवार बिहान आइजिपीको सचिवालयमा राजीनामा बुझाएको सचिवालय स्रोतले जनाएको छ ।
उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका हुन्। गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिदा उनी पनि बढुवा भएका थिए।
सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए।परिवारका सबै सदस्य लण्डनमा बसोबास गर्ने र परिवारसँगै बस्ने इच्छाका कारण राजीनामा दिएको रानाभाटले निकटस्थलाई बताएका छन्।
उनले बुढानीलकण्ठ स्कुलमा अध्ययनरत छोराछोरीलाई लण्डनमा पढाउन थालेका थिए ।