Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रास्वपाका सभापति लामिछाने र गोर्खा मिडियाका सञ्चालक जोशीको मुद्दाको सुनुवाइ स्थगित

रास्वपाका सभापति लामिछाने र गोर्खा मिडियाका सञ्चालक जोशीको मुद्दाको सुनुवाइ स्थगित

जोईन खबर

१३, कार्तिक २०८२
  • 751
    SHARES
  • रास्वपाका सभापति लामिछाने र गोर्खा मिडियाका सञ्चालक जोशीको मुद्दाको सुनुवाइ स्थगित

    १३ कार्तिक काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित गरिएको छ।बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासमा तोकिएको पेशी जोशीका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको हो।

    images

    बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्ना हिस्साको बिगो रकम बुझाए पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।

    images
    images
    images

    लामिछानेजस्तै जोशीले पनि त्यति नै रकम बराबरको जमानत पेस गरेका थिए। तर दुवैको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने स्पष्ट नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरिएको थियो।हाल पुर्पक्षका लागि दुवै जना कारागारमा छन्। 

    प्रकाशित मिति :कार्तिक १३, २०८२ बिहिवार - १५:४४:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको