१४ कात्तिक काठमाडौँ । काठमाडौ महानगरपालिकाको बालाजु चोकस्थित ट्राफिक आइल्याण्ड पुनःनिर्माण कार्य सुरु गरिएको छ। उक्त पुनःनिर्माण कार्य युवा पर्यटन व्यवसायी तथा समाजसेवी नवराज अम्गाईको आर्थिक सहयोगमा भएको हो ।
गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ का क्रममा तोडफोडमा परेका छाता, गमला र फलामे घेरबार नयाँ स्वरूपमा पुनःस्थापना गरिएको हो। त्यस्तै, त्यस क्रममा उखेलिएका बोटबिरुवा पुनःरोपण गरिएको छ।राजधानीको ट्राफिक व्यवस्थापनका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने उक्त आइल्याण्ड अहिले पुनःनिर्माणपछि आकर्षक र व्यवस्थित रूप मा सजिएको छ।
आइल्याण्ड वरिपरि रंगरोगन, वृक्षरोपण र सरसफाइ कार्यसमेत गरिएको छ।सामाजिक उत्तरदायित्वप्रति संवेदनशील देखिँदै आएका अम्गाईले यसअघि पनि ‘सिंहदरबार पूर्ण पुनःनिर्माण अभियान’ का लागि नेपाल सरकारलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए।
उनले भने, “सिंहदरबार नेपालीको शान हो, त्यसको पुनःनिर्माण नेपालीकै हातले हुनुपर्छ।”यसरी निरन्तर सामाजिक कार्यमा सक्रिय अम्गाईको यो पहलले युवाहरूमाझ देशप्रेम र उत्तरदायित्वबोधको सन्देश दिएको छ।