Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१७औं संस्करणको म्याराथनको उपाधि शाहीलाई

१७औं संस्करणको म्याराथनको उपाधि शाहीलाई

जोईन खबर

१५, कार्तिक २०८२
  • 526
    SHARES
  • १७औं संस्करणको म्याराथनको उपाधि शाहीलाई

    १५ कार्तिक काठमाडौँ । काठमाडौं म्याराथनको १७औं संस्करणमा सुनीकुमार शाहीले उपाधि जितेका छन् । उनले २ घन्टा २४ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरेर एक लाख रुपैयाँ पुरस्कार पाए।विनोद रोक्का २ घन्टा २५ मिनेट २६ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो बन्दै ५० हजार रुपैयाँ पाए।

    images

    करण रावलले २ घन्टा २६ मिनेट ४२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरे र २५ हजार रुपैयाँ जिते।हाफ म्याराथनमा सञ्जय श्रेष्ठ ९१ घन्टा १० मिनेट १९ सेकेन्ड० पहिलो, नरेन्द्र सिंह ९१ः१०ः५९० दोस्रो र राजन मियोङ्बा ९१ः११ः२२० तेस्रो बने।महिला हाफ म्याराथनमा सुनसरी रोकाया १ घन्टा ३३ मिनेट २० सेकेन्डमा दूरी पूरा गर्दै विजेता बनिन्।

    images
    images
    images

    फुलमती राना ९१ः३३ः२२० दोस्रो र गीता महर्जन ९१ः५४ः३४० तेस्रो स्थानमा रहिन्।मास्टर्स म्याराथनमा ४० प्लस समूहमा केश जङ्ग आले, ५० प्लसमा धर्म महर्जन र ६० प्लसमा अभी नारायण अधिकारी पहिलो बने। हाफ म्याराथनतर्फ ४० प्लसमा नादी शेर्पा र ५० प्लसमा धवेन्द्र ताम्राकार विजेता बने।

    प्रकाशित मिति :कार्तिक १५, २०८२ शनिवार - २१:५०:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको