१९ कार्तिक काठमाडौँ । माओवादी केन्द्रसहित ८ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब यो पार्टी एक नम्बर पार्टी बन्ने बक्का भएको बताएका छन् । उनले आज भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले १० घटक पार्टी एकतालाई ऐतिहासिक क्षण भएको बताए।
तपाईंहरूले ताली बजाए अनुमोदन गर्नुभएको संयोजक र सहसंयोजक मामुली मात्र होइनन्। इतिहासमा ठूलो भूमिका खेलेका पात्र हौं हामी। अब यो पार्टीलाई एक नम्बर बन्न कसैले रोक्न सक्दैन भने भनाइ समेत व्यक्त गरे। कसैलाई टाउको दुखेको हुनसक्छ। कसैलाई निन्द्रा पनि नलागेको हुनसक्छ। तर, निन्द्रा नलागे नलागोस्,प्रचण्डले भने।उनले यो पार्टीमा आफूहरू नै पदमा बसिराख्नुपर्छ भन्ने नरहेको बताए।हामी यही पदमा बसिराख्न पर्छ भन्ने छैन भनेर माधवजीसँग कुरा गरेका छौं। हामीले विचारको निर्माण गर्दै नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गर्दै लैजान्छौं,उनले भने।
उनले आफूहरूलाई गल्ती र कमजोरी सच्याउने विकल्प नरहेको स्पष्ट पारे। हामीलाई मृत्युसँग डर छैन। हामीलाई राष्ट्र बचाउने चिन्ता छ। हामीलाई लोकतन्त्र बचाउने चिन्ता छ। हामीलाई व्यक्तिगत केही पनि चिन्ता छैन। व्यक्तिगत केही रहँदा पनि रहेको छैन,भावुक हुँदै प्रचण्डले भने।उनले यो देश कम्युनिस्टहरूको मात्र नभएकाले सबै पार्टीहरूसँग संयुक्त मोर्चा बनाएर राष्ट्र बचाउने अभियानमा हातेमालो गर्न तयार रहेको बताए। दस पार्टीले मलाई ठूलो जिम्मेवारी दिनुभएको छ। उहाँहरूको एउटै विचारले मेरो आत्मविश्वास झनै बढेको छ। यो नयाँ शक्ति निर्माण भएको पनि मैले मानेको छु। आजको दिन कहिल्यै नबिर्सिने इतिहास पनि बनेको छ। १० घटक मिलेको इतिहास नेपालमा अहिलेसम्म छैन। यो अभूतपूर्व र अविस्मरणीय छ, उनले भने।