Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला

 बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला

जोईन खबर

२१, कार्तिक २०८२
  • 505
    SHARES
  •  बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला

    २१ कार्तिक काठमाडौँ । कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला परेका छन्।सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमतीमा नुहाउन नदीमा पसेका थिए।

    images

    बेपत्ता भएका आशिकको शव शुक्रबार बिहान रौतहटको दुर्गा भगवती गाउँपालिका–२ स्थित बागमती नदीको किनारमा फेला परेको हो।

    images
    images
    images

    नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले खोजतलासको क्रममा शुक्रबार बिहान ८ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक २१, २०८२ शुक्रवार - ११:०२:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको