२३ कार्तिक काठमाडौँ । आन्दोलनबाट क्षति ग्रस्त भएको प्रहरी प्रभाग नयाँबसपार्क काठमाडौंको प्रहरी भवन विभिन्न संघ संस्थाहरुको सहयोगमा पुनःनिर्माण सम्पन्न गरीएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई आज शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा प्रहरी भवन पुनः निर्माणमा सहयोग गर्नुहुने संघसंस्था साथै दाताहरूलाई सम्मान पत्र वितरण कार्यक्रम पश्चात प्रहरी भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षाको आवश्यक प्रत्याभुतिलाई महशुस गरी आन्दोलनबाट पूर्ण रूपमा क्षति भएको प्रहरी प्रभाग नयाँबसपार्कको भवन पुनःनिर्माण गरि हरेक समयमा शान्ति सूरक्षाको लागि अग्र पङ्क्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग पुर्याएकोमा प्रहरी प्रभाग नयाँबसपार्क भवन पुनःनिर्माण गर्ने बिभिन्न सहयोगीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका साथै नेपाल प्रहरीको तर्फबाट धन्यबाद व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखा नगरपालिकाका उप प्रमुख मुरारी तामाङ भारतिय गोरखा पूर्व सैनिकहरू, नेपाल बैदेशिक रोजगार ब्यवसायी एकता समिती, लायन्स अर्न्तराष्ट्रिय ३२५ के। क्लब, स्थानिय जनप्रतिनिधिहरु,विभिन्न व्यवसायीहरू सहयोगी संघसंस्थाका महानुभावहरु, संचारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानिय बासिन्दाहरु, प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।