Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ

जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ

जोईन खबर

२८, कार्तिक २०८२
  • 511
    SHARES
  • जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ

    २८ कार्तिक काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ।सुशीला कार्कीले सत्ता कु गरेको दिन (भाद्र २७) लाई जेन्जी विद्रोहको लागि कालो दिन का रूपमा स्मरण गर्दै कार्तिक २७ गते माइतीघरमा सांकेतिक विरोध गर्न गएका विजय शाहलगायत कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो।

    images

    भाद्र २७ गते सुशीला कार्की नेतृत्वको सरकारले सत्ता कु गरेर जेन्जी विद्रोहलाई अपहरण गरेको आरोप लगाउँदै शाहले सांकेतिक प्रदर्शन गरेका थिए।शान्तिपूर्ण रूपमा विरोधमा उभिएका शाह र उनका सहकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा लगेको बताइएको छ।

    images
    images
    images

    जेन्जी मुभमेन्ट नेपालले यस घटनालाई अभिव्यक्तिको अधिकारमाथिको दमन भन्दै तत्काल रिहाइको माग गरेको छ।“तुरुन्तै रिहाइ गरियोस्, सत्ता कु गरेर जेन्जी विद्रोहलाई अपहरण गर्नेहरूले हेक्का राखून्,” भन्दै सह–संयोजक चन्द्र जोशीले चेतावनी दिएका छन्।

    प्रकाशित मिति :कार्तिक २८, २०८२ शुक्रवार - १२:२३:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको