Logo

मंगलवार, श्रावण १२ गते २०८३

 पूर्वसांसद परियारले पार्टी परित्या गरे

 पूर्वसांसद परियारले पार्टी परित्या गरे

जोईन खबर

२८, कार्तिक २०८२
  • 508
    SHARES
  •  पूर्वसांसद परियारले पार्टी परित्या गरे

    २८ कार्तिक काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य तथा पूर्वसांसद सन्तोष परियारले पार्टी परित्याग गर्नुभएको छ।विघटित प्रतिनिधिसभाको रास्वपाकातर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमासमेत रहनुभएका परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाउनुभएको हो ।

    images

    “बदलिंदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु”, उहाँले राजीनामा पत्रमा भन्नुभएको छ ।

    रास्वपाका प्रवक्ता मनिष झाले परियारले परियारले पार्टी छोडनु भएको जानकारी दिँदै उहाँको आगामी यात्राका लागि शुभकामना दिनुभएको छ ।

    प्रकाशित मिति :कार्तिक २८, २०८२ शुक्रवार - १६:०८:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको