Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सौरपानीको सिम्बुमा परम्परा र आधुनिक प्रविधिको प्रयोगमा भिर मह काट्ने कार्य सुरु

 सौरपानीको सिम्बुमा परम्परा र आधुनिक प्रविधिको प्रयोगमा भिर मह काट्ने कार्य सुरु

जोईन खबर

३०, कार्तिक २०८२
  • 1.0K
    SHARES
  •  सौरपानीको सिम्बुमा परम्परा र आधुनिक प्रविधिको प्रयोगमा भिर मह काट्ने कार्य सुरु

    ३० कार्तिक काठमाडौँ ।सौरपानीको सिम्बुमा भिर मह काट्ने कार्य सुरु गरिएको छ ।  गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा–४ सौरपानीको सिम्बुमा स्थानीय बासिन्दाहरुले  परम्परागत र आधुनिक दुवै विधिको  प्रयोग गरेर मह काट्ने कार्य सञ्चालन गरेको स्थानिय मिलन ढकालले बताए ।

    images

    Screenshot 2025-11-16 163635.jpg

    images
    images
    images

    उनीहरुले हरेक बर्ष जस्तै यो बर्ष पनि सयौँदेखि चोयाको डोरी, बाँसका भाटा र स्थानीय सीप प्रयोग गरी भिरमौरीको मह काट्दै आएका शिम्बुबासीहरुले जनाए  । मह काट्ने क्रम  पछिल्ला वर्षहरु भन्दा यो बर्ष सुरक्षा र सुविधाका लागि क्लाइम्बिङ डोरी, हारनेस लगायतका आधुनिक उपकरणसमेत प्रयोग गर्न थालेका हुन्।

    Screenshot 2025-11-16 163804.jpg

    उच्च भिरालो चट्टानमा जोखिम मोलेर मह संकलन गर्ने यहाँको संस्कृति अहिले पनि उत्तिकै जीवित छ। परम्परागत ज्ञान, वन तथा मौरी संरक्षणप्रतिको आस्था र आधुनिक उपकरणको सुरक्षामूलक साथले यो प्रक्रिया अझ सुरक्षित र प्रभावकारी बन्न थालेको स्थानीयहरू बताउँछन्।

    Screenshot 2025-11-16 163804.jpg

    हातमा आगोको सल्को, शरीरमा डोरीको सहारा र सामुन्ने हजारौँ भिरमौरीको गुच्छा-सिम्बुबासीको यो साहसिक पहिचान आज पनि उत्तिकै रोचक र प्रेरणादायी मानिन्छ। युवापुस्ताले पनि परम्परा जोगाउँदै आधुनिक सीप सिक्दै सामूहिक प्रयासमा सहभागिता जनाएपछि भिरमौरी मह उत्पादन र संरक्षण दुवै कार्यमा थप सहजता आएको स्थानीयको भनाइ छ।

    Screenshot 2025-11-16 163723.jpg

    सिम्बु क्षेत्रको भिरमौरी मह उच्च गुणस्तर र औषधी गुणका कारण लोकप्रिय मानिन्छ। परम्परा र प्रविधिको मेलसँगै मह सङ्कलनको यो चलन भविष्यमा अझ व्यवस्थित र सुरक्षित रुपमा अघि बढ्ने अपेक्षा स्थानीयले व्यक्त गरेका छन्।

    Screenshot 2025-11-16 163705.jpg

    प्रकाशित मिति :कार्तिक ३०, २०८२ आइतवार - १६:३५:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको