Logo

बुधवार, कार्तिक १२ गते २०८३

ताकुकोट न्वागी मेला–२०८२ भव्य रूपमा सम्पन्न

ताकुकोट न्वागी मेला–२०८२ भव्य रूपमा सम्पन्न

जोईन खबर

२, मंसिर २०८२
  • 1.9K
    SHARES
  • ताकुकोट न्वागी मेला–२०८२ भव्य रूपमा सम्पन्न

    २ मंसिर काठमाडौँ । गोरखा बारपाक सुलिकोट क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको ताकुकोट न्वागी मेला–२०८२ कार्तिक ३० र मंसिर १ गते दुई दिनसम्म अत्यन्तै भव्य र सुव्यवस्थित रूपमा सम्पन्न भएको छ। माईभगवती मन्दिर पूजा समिति, वडा नं.६ र वडा नं.५ का वडा कार्यालयहरू तथा गोरखा–ताकुकोट सेवा समाज काठमाडौँको संयुक्त आयोजनामा मेला सम्पन्न गरिएको  महासचिव धिरज उपरकोटीले जानकारी दिनु भयो ।

    images

    585190921_2878463462544721_6048333898836511004_n.jpg

    images
    images
    images

    गत कार्तिक ३० गते बेलुका माईभगवती मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जाग्राम, मादी बाल्ने, तेल ढोल्ने तथा धार्मिक विधि–विधानअनुसारका परम्परागत पूजापाठ गरिँदै पहिलो दिनको कार्यक्रम प्रारम्भ भएको थियो। रातभर चलेको सांस्कृतिक कार्यक्रममा सागर गुरुङ, अस्मिता डल्लाकोटी, सन्जय गुरुङ, प्रकाश भट्ट, हास्य कलाकार रामचन्द्र परिवार, पवन गुरुङ, सुमित्रा गुरुङ, पवित्रा आलेलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आकर्षक प्रस्तुति दिए। स्थानीय नयाँ प्रतिभाहरूले प्रस्तुत गरेको नृत्य, झाँकी, हास्य–व्यङ्ग्य र लोकगीतले मेलामा उपस्थित हजारौँ दर्शकलाई मोहित बनाएको थियो।मंसिर १ गते न्वागी खाने मुख्य दिन पनि दिनभर कार्यक्रम अत्यन्तै उत्साहपूर्ण रूपमा सम्पन्न भयो।

    584567555_2878464465877954_7205317607731036089_n.jpg

    स्थानीय समुदायले परम्परागत फूलको डोली, दुई पन्चबली, बाजागाजासहितको शोभायात्रा निकालेर वातावरणलाई उत्सवमय बनाएका थिए। बन्चेबाँजाको धुनमा भक्तजनहरू नाचगानमा रमाएका थिए। करिब ५०० वर्ष पुरानो इतिहास बोकेको ताकुकोट न्वागी मेलामा कार्तिकको पहिलो हप्तामा कार्तिके पूजा गरी धानको मुठी लिने र मंसिरको पहिलो हप्तामा बार हेरेर न्वागी खाने परम्परा आज पनि समकालीन रूपमै चलन छ। परम्परागत कला–संस्कृतिको संरक्षण, सामुदायिक बन्धनको सुदृढीकरण र धार्मिक आस्थाको निरन्तरता जोगाउने माध्यम बनेको यस वर्षको न्वागी मेला पनि अत्यन्तै भव्य, अनुशासित र सफल रूपमा सम्पन्न भएकोमा आयोजक समितिले सभी सहभागी भक्तजनप्रति धन्यवाद व्यक्त गरेको छ।

    585392073_2878463019211432_3490844915740266546_n.jpg

    त्यसपछि राति ८ बजेदेखि सुरु भएको औपचारिक तथा सांस्कृतिक कार्यक्रम बारपाक–सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टको प्रमुख आतिथ्यमा सम्पन्न  भएको थियो ।कार्यक्रममा बागमती प्रदेश सरकारका पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी, गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, वडा नं.६ का अध्यक्ष बाबुलाल गुरुङ, वडा नं.५ का अध्यक्ष शिव खड्का, नेकपा माओवादी केन्द्र बारपाक–सुलिकोट अध्यक्ष नरबहादुर गुरुङ, कार्यपालिका तथा वडा सदस्यहरू, गोरखा–ताकुकोट सेवासमाज काठमाडौँका अध्यक्ष अनुप श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

    584493187_2878026322588435_1811182488421375147_n.jpg583329114_2878026059255128_1930863726975454028_n.jpg585328511_2878026395921761_1084839941625228419_n.jpg584704796_2878025975921803_4472950885444291577_n.jpg584603878_2878026009255133_8888539545826446578_n.jpg585355356_2878464842544583_4217318744632914762_n.jpg585341276_2878463182544749_3150992067669523057_n.jpg

     

     

    प्रकाशित मिति :मंसिर २, २०८२ मंगलवार - १४:५८:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको