Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जेन जी आन्दोलनमा घाइते भएकाहरूकाे नयाँ पार्टी  ‘राष्ट्रिय परिवर्तन पार्टी’  निर्वाचन आयोगमा दर्ता

जेन जी आन्दोलनमा घाइते भएकाहरूकाे नयाँ पार्टी  ‘राष्ट्रिय परिवर्तन पार्टी’  निर्वाचन आयोगमा दर्ता

जोईन खबर

३, मंसिर २०८२
  • 685
    SHARES
  • जेन जी आन्दोलनमा घाइते भएकाहरूकाे नयाँ पार्टी  ‘राष्ट्रिय परिवर्तन पार्टी’  निर्वाचन आयोगमा दर्ता

    ३ मंसिर काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा घाइते भई एउटा खुट्टा गुमाएका झापाका राजेश पोर्तेलको नेतृत्वमा ‘राष्ट्रिय परिवर्तन पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । सूर्योदय नगरपालिका–१० झापाका २८ वर्षीय पोर्तेल नेतृत्व गरेको २१ सदस्यीय केन्द्रीय समिति रहने गरी एक महिनाअघि कात्तिक २ गते आयोगमा दर्ताका लागि निवेदन पेश गरिएको थियो ।

    images

    दल दर्ता प्रक्रिया पूरा भएपछि आयोगका सचिव महादेव पन्थले सोमबार अध्यक्ष पोर्तेलसहित पार्टीका पदाधिकारी र सदस्यलाई दर्ता प्रमाणपत्र हस्तान्तरण गरे । प्रमाणपत्र ग्रहण गर्न पुगेका पदाधिकारी तथा सदस्य नेपालको राष्ट्रिय झण्डा ओढेर आयोगमा उपस्थित भएका थिए । आन्दोलनका दौरान भएको विस्फोटनले खुट्टा गुमाएका पोर्तेलले बैशाखी टेक्दै शुक्रबार आयोगमा उपस्थित भएर सनाखत गरेका थिए । झापाको ट्राफिक कार्यालयअगाडि बिस्फोटक पदार्थ पड्किँदा गम्भीर घाइते भएका उनी बीएनसी अस्पतालमा करिब १५ दिन उपचारपछि घर फर्किएका थिए ।

    images
    images
    images

    घाउ निको नहुँदासम्म बैशाखीको सहाराले हिँड्नुपर्ने र त्यसपछि कृत्रिम खुट्टाको सहयोगले सामान्य हिँडडुल गर्न सकिने चिकित्सकले बताएपछि आफू आशावादी रहेको पोर्तेलले सुनाए । पार्टीको उपाध्यक्षमा सुनसरीका २९ वर्षीय अजयकुमार राई, महासचिवमा मोरङकी २६ वर्षीया अन्जु राई, सचिवमा भोजपुरका २२ वर्षीय सागर तामाङ, कोषाध्यक्षमा तेह्रथुमकी २७ वर्षीया उषालक्ष्मी तुम्बाहाङफे र सह–कोषाध्यक्षमा सुनसरीकी २६ वर्षीया रञ्जु राई रहेका छन् ।यसैगरी केन्द्रीय सदस्यमा २२ वर्षीया समिता धिताल, सुजित श्रेष्ठ २५, संगिता राई २४, ब्रह्मदेव यादव २३, सिर्जना दनुवार २३, रोजिना राई २७, इजविना गुरुङ २६, सिसम चाम्लिङ २१, अरुण राई २६, उर्मिला वाइबा २४ र चावा राई २० छन् ।

    जेन-जी उमेर समूहभन्दा माथिका चार सदस्य पनि केन्द्रीय समितिमा छन् । वनेश्वरी खरेल ३०, रोशन पुलामी ३०, भूपाल राई ३२ र ४३ वर्षीया कल्पना गौतम । गौतम जेनजी आन्दोलनमा ज्यान गुमाएकी निकिता गौतमकी आमा हुन् । बाँकी तीन जना आन्दोलनकै घाइते हुन् ।

    प्रकाशित मिति :मंसिर ३, २०८२ बुधवार - ११:१३:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको