Logo

बुधवार, कार्तिक १२ गते २०८३

विराटनगरमा  बस्नेतमाथि आक्रमण  महेन्द्र मोरङ क्याम्पसका नेविसंघ नेताहरू संलग्न भएको आरोप

विराटनगरमा  बस्नेतमाथि आक्रमण  महेन्द्र मोरङ क्याम्पसका नेविसंघ नेताहरू संलग्न भएको आरोप

जोईन खबर

७, मंसिर २०८२
  • 523
    SHARES
  • विराटनगरमा  बस्नेतमाथि आक्रमण  महेन्द्र मोरङ क्याम्पसका नेविसंघ नेताहरू संलग्न भएको आरोप

    ७ मंसिर काठमाडोँ । पूर्वमन्त्री तथा नेकपा–एमालेका नेता महेश बस्नेतमाथि विराटनगरमा  आक्रमणमा  गर्ने महेन्द्र मोरङ क्याम्पसका नेविसंघका केही नेताहरू संलग्न भएको आरोप लागेको छ।

    images

    घटनाअनुसार बस्नेत विराटनगरमा आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा क्याम्पस गेट नजिकै एक समूहले नाराबाजी गर्दै उनको गाडी रोक्ने प्रयास गरेको थियो। स्थिति तनावपूर्ण बन्दा प्रहरी हस्तक्षेप गरेपछि बस्नेत सुरक्षित स्थानतर्फ लागेका थिए।

    images
    images
    images

    प्रहरीका अनुसार घटनामा संलग्न सन्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेताहरू हुन् ।उनीहरलाई पक्राउ गरि कानुनी प्रक्रिया अघि बढाइएको छ।  नेतालाई लक्षित आक्रमणप्रति एमालेले कडा आपत्ति जनाउँदै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेको छ। यता नेविसंघ मोरङले भने घटनाको आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

    घटनापछि क्षेत्र केही समय तनावग्रस्त बनेको थियो भने अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :मंसिर ७, २०८२ आइतवार - १४:५९:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको