Logo

बुधवार, कार्तिक १२ गते २०८३

देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी

देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी

जोईन खबर

७, मंसिर २०८२
  • 652
    SHARES
  • देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी

    ७ मंसिर काठमाडौँ । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा पाँचौं देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक स्पिनका अध्यक्ष सुमन शाक्यले जनाएका छन् ।

    images

    पुरुष÷महिला टिम, पुरुष÷महिला सिंगल्स, यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स, भेट्रान ४० वर्षमाथि पुरुष÷महिला सिंगल्स, भेट्रान पुरुष ५० र ६० वर्षमाथि सिंगल्स तथा भेट्रान पुरुष ४० वर्षमाथि टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।टिम इभेन्टमा बाहेक सबैमा नगद पुरस्कार राखिएको अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष समेत रहेका स्पिनका सचिव ज्याकी महर्जनले जानकारी गराए ।

    images
    images
    images

    पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । यु–१६ र भेट्रान सिंगल्सका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार हात पार्ने छन् ।प्रतियोगितामा ४ सय बढी खेलाडीको सहभागिता रहने सचिव महर्जनले बताए । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १७ लाख ५० हजार खर्च लाग्ने छ । पाँचदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

    प्रकाशित मिति :मंसिर ७, २०८२ आइतवार - १६:५३:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको