Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रेस काउन्सिल नेपालद्वारा ४८ सामाजिक सञ्जाललाई कारबाही गर्ने

प्रेस काउन्सिल नेपालद्वारा ४८ सामाजिक सञ्जाललाई कारबाही गर्ने

जोईन खबर

११, मंसिर २०८२
  • 619
    SHARES
  • प्रेस काउन्सिल नेपालद्वारा ४८ सामाजिक सञ्जाललाई कारबाही गर्ने

    ११ मंसिर काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरीत सामग्री प्रसारण गरेको आरोपमा विभिन्न ४८ सामाजिक सञ्जाल खाताहरूमाथि कारबाही गरेको छ।

    images

    काउन्सिलले सार्वजनिक गरेको विज्ञप्तिअनुसार मिडियाको रूप लिएर सामाजिक सञ्जालमार्फत गलत, भ्रमपूर्ण, गालीगलौजयुक्त, अफवाहपूर्ण तथा हिंसा–उत्तेजनालाई बढावा दिने सामग्री प्रवाह गरेपछि यस्तो कदम चालिएको हो।

    images
    images
    images

    काउन्सिलका अनुसार मिडियामा आबद्ध २५ वटा सञ्जाललाई तत्काल प्रतिकूल सामग्री हटाउन, सम्पादन गर्न तथा यस्ता गतिविधि पुनः नगर्न सचेत र निर्देशित गरिएको छ।त्यस्तै मिडियामा आबद्ध नभएका १३ वटा सामाजिक सञ्जालबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

    प्रेस काउन्सिलले सामाजिक सञ्जालमार्फत गलत सूचनाको प्रवाह बढ्दै गएपछि सूचना क्षेत्रको मर्यादा र पत्रकारिताको आचारसंहिता पालनाका लागि कडाइका साथ निगरानी जारी राख्ने जनाएको छ।

    प्रकाशित मिति :मंसिर ११, २०८२ बिहिवार - १३:५५:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको