Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पती बेचबिचन गरेर नलैजान आग्रह : प्रधानमन्त्री कार्की

विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पती बेचबिचन गरेर नलैजान आग्रह : प्रधानमन्त्री कार्की

जोईन खबर

१४, मंसिर २०८२
  • 547
    SHARES
  • विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पती बेचबिचन गरेर नलैजान आग्रह  : प्रधानमन्त्री कार्की

    १४ मंसिर काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पती बेचबिचन गरेर नलैजान आग्रह गरेकी छिन् । आईतवार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले नेपालमा आफ्नो नेपालमा सुरक्षित राख्न आग्रह गरेकी हुन् ।गैरआवासीय नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकको रुपमा नहेरेको बताउँदै उनले विदेशमा रहेका नेपालीको सम्पतीको सुरक्षा सरकारले गर्ने बताइन् ।

    images

    उनले हाल विश्वभर बाहिरका मान्छेलाई बस्न नदिने खालको चलन चलेको उल्लेख गर्दै नेपालमा एउटा कोठा मात्रै भएपनि सुरक्षित राख्न आग्रह गरिन्। उनले सरकारले गैरआवासीय नेपालीहरुका समस्या विस्तारै सम्बोधन हुँदै जाने पनि बताइन् ।

    images
    images
    images

    गैरआवासीय नेपालीहरुले विगतमा पनि सहयोग गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि लगानी गर्न आग्रह गरिन् ।उनले भनिन्, ‘जो विदेशमा हुनुहुन्छ, उहाँहरुले नेपालमा एउटा आफ्नो स्थान चाहीँ राख्नुपर्छ, यहाँ मेटाउनु हुँदैन भने भनाइ राख्नु भएको छ ।

    विदेशमा बस्नेहरुको सम्पतिको सुरक्षा । त्यो त नमिलाई हुँदैन । तर आफ्नो स्थान चाँही यहाँ राख्नुपर्छ के टेक्ने ठाउँ । यसो खुट्टाले टेक्ने ठाउँ, एउटै खुट्टाले मात्रै टेक्ने ठाउमा मात्रै पनि किन नहोस् । आएर यसो बस्ने दुईचार दिन । त्यो चाहीँ हुनुपर्छ भन्ने मलाई लाग्छ ।’

    प्रकाशित मिति :मंसिर १४, २०८२ आइतवार - १३:५२:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको