१४ मंसिर काठमाडौँ । जेनजी अभियानी तथा ‘हामी नेपाल’का संस्थापक सुदन गुरूङले आफ्नै नागरिकताको विषयमा स्पष्टता माग्दै चुमनुब्री गाउँपालिका–३ का वडाध्यक्ष रामकुमार गुरूङलाई आधिकारिक निवेदन दिएका छन्।उ
नले हालै भारतीयलगायत विभिन्न आरोप आफ्नो नाममा लगाइएको उल्लेख गर्दै आफू वास्तवमै उक्त वडाको नागरिक हो कि होइन भन्ने बारे स्थानीय सरकारबाट औपचारिक प्रमाणित गरिदिन माग गरेका छन्।सुदन गुरूङ चुमनुब्री गाउँपालिका–३, नाग्चेतका स्थायी बासिन्दा हुन्। आरोपहरूले आफ्नो सामाजिक गतिविधि, प्रतिष्ठा र व्यक्तिगत जीवनमा असर पारेको भन्दै उनले यस्तो अवस्था समाप्त गर्न सत्यतथ्य प्रमाणसहित स्पष्टता दिन वडाध्यक्षलाई आग्रह गरेका छन्। वडाध्यक्ष कार्यालयले निवेदन दर्ता गरेर आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिइएको स्रोतले बताएको छ।
उनी जेनजी आन्दोलन पछि गोरखाको नागरिक भएको खुल्ना आए पछि कोहीले विदेशी हो भने कोहीले गोरखाको होइना भने चर्चा आएको थियो । जेनजी आन्दोलनको चचार्त संगै करिब ३ महिना पछि उनी आफनो गृह जिल्ला पुगेका थिए । गृह जिल्लाको गोरखाकालीका मन्दिर लगात आफनो पालिका वडा सम्म पुगेका थिए । गोरखा पुगेका गुरुङलाई चुमनुब्री गाउपालिकामा माला खादा लगाएर भव्य स्वागत गरेका थिए ।