Logo

बुधवार, कार्तिक १२ गते २०८३

क्यानले लुम्बिनी लायन्सका विकेटकिपर ब्याटर  डिकवेलालाई कारबाही गर्ने

क्यानले लुम्बिनी लायन्सका विकेटकिपर ब्याटर  डिकवेलालाई कारबाही गर्ने

जोईन खबर

१४, मंसिर २०८२
  • 598
    SHARES
  • क्यानले लुम्बिनी लायन्सका विकेटकिपर ब्याटर  डिकवेलालाई कारबाही गर्ने

    १४ मंसिर काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले लुम्बिनी लायन्सका विकेटकिपर ब्याटर निरोशान डिकवेलालाई कारबाही गरेको छ । क्यानले शनिबार डिकवेलालाई नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्ससिवरुद्धको खेलमा नियम उल्लंघन गरेको जनाउँदै कारबाही गरेको हो ।

    images

    क्यानले डिकवेलालाई एक डिमेरिट अंक र खेल शुल्कको पाँच प्रतिशत जरिवाना तिराउने निर्णय गरेको हो । डिकवेलाले आचारसंहिताको लेभल–१ धारा २.८ उल्लंघन गरेको जनाइएको छ ।

    images
    images
    images

    साथै, क्यानले डिकवेलाले आफ्नो गल्ती स्वीकार गरेको पनि जनाएको छ । लुम्बिनीले शनिबार कीर्तिपुरस्थिगत त्रिवि क्रिकेट रंगशालामा पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको थियो ।

    प्रकाशित मिति :मंसिर १४, २०८२ आइतवार - १६:४४:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको