Logo

बुधवार, कार्तिक १२ गते २०८३

भारतमा बसमा आगो लाग्दा ज्यान गुमाउने महिला गुल्मीकी, दुई जनाको सनाखत हुन सकेन

भारतमा बसमा आगो लाग्दा ज्यान गुमाउने महिला गुल्मीकी, दुई जनाको सनाखत हुन सकेन

जोईन खबर

१६, मंसिर २०८२
  • 766
    SHARES
  • भारतमा बसमा आगो लाग्दा ज्यान गुमाउने महिला गुल्मीकी, दुई जनाको सनाखत हुन सकेन

    १६ मंसिर काठमाडौँ । नेपालको सीमासँग जोडिएको भारतको उत्तर प्रदेश राज्यमा नेपाली यात्रुहरू चढेको बसमा आगलागी हुँदा केही व्यक्ति हताहत भएका छन्। 
    दुर्घटना बिहान २ बजेतिर बलरामपुर(गोन्डा सडकखण्डमा भएको र उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भएको बलरामपुरका एसपी विकास कुमारले जानकारी दिएका छन्।मृतकहरूमध्ये एक महिला गुल्मीकी बासिन्दा भएको जानकारी स्थानीय प्रहरीले उत्तर प्रदेशस्थित बीबीसी संवाददाता सैयद मोजिज इमामलाई दिएको छ। भारतीय सञ्चारमाध्यमले मृतकहरू नेपाली भएको विवरण प्रकाशित गरेका छन्।

    images

    तर शरीर पूरै जलेकाले बाँकी दुई जनाको सनाखत हुन नसकेको प्रहरीले बीबीसीलाई बतायो।उक्त बस भैरहवासँग जोडिएको सीमावर्ती भारतीय सहर सुनौलीबाट भारतको राजधानी दिल्लीका लागि हिँडेको थियो। स्थानीय प्रहरीले सार्वजनिक गरेको घाइतेहरूको सूचीमा कैयौँ नेपालीको नाम छ। उनीहरूमध्ये अधिकांशको ठेगाना रूपन्देही, पाल्पा र गुल्मी उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दुर्घटनास्थल नेपाली सीमाबाट निकै टाढा रहेकाले नेपाली नागरिकहरूबारे जानकारी लिन भारतीय प्रहरीसँग समन्वय गर्ने प्रयास भइरहेको जनाएको छ।

    images
    images
    images

    दुर्घटनामा जोगिएका एक नेपाली यात्रुका अनुसार उक्त बसमा झन्डै ४० जनाभन्दा बढी नेपाली चढेका थिए। विपरीत दिशाबाट आएको ट्रकसँग ठोकिएपछि बस बिजुलीको एउटा खम्बामा ठोकिएको र त्यसपछि आगो लागेको उनले पीटीआईलाई बताए। घाइतेहरूमध्ये तीन जनाको स्थिति गम्भीर भएको प्रहरीले बताएको छ। उनीहरूलाई लखनऊ रेफर गरिएको छ। सामान्य चोटपटक लागेका मानिसहरूलाई भने नेपाल वा दिल्लीतिर पठाउन थालिएको पीटीआईले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

    प्रकाशित मिति :मंसिर १६, २०८२ मंगलवार - १७:५३:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको