१८ मंसिर काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न –१ बारपाकमा कृषि शाखाको आयोजनामा माटो परीक्षण तथा माटो उपचार शिविर सम्पन्न गरिएको छ। स्थानीय किसानहरूकोकृषि उत्पादकता बढाउन तथा माटोको स्वास्थ्य स्थिति पहिचान गर्न उद्देश्यका साथ आयोजना गरिएको उक्त शिविरमा दर्जनौँ किसानहरूको माटो नमुना परीक्षण गरिएको थियो।
शिविरका दौरान माटोको स्तर, उर्वराशक्ति, आवश्यक पोषक तत्त्वहरूको मात्रा तथा माटो सुधारका उपायहरूबारे किसानहरूलाई विस्तृत जानकारी प्रदान गरिएको कृषि शाखाका अधिकृत सन्तोष ढकालले बताए । परीक्षणको नतिजा आधारमा किसानहरूलाई उपयुक्त मल मात्रा, बाली छनोट तथा वैज्ञानिक तरिकाले खेती गर्ने सम्बन्धमा परामर्श पनि दिएकाे थियाे ।
गाउँपालिकाले भविष्यमा पनि कृषि प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यसै क्रममा गाउँपालिकाले किसानलाई आधुनिक कृषि प्रविधि तथा परीक्षण आधारित खेती प्रणालीतर्फ आकर्षित गराउने लक्ष्य राखेको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषि प्राविधिक तथा किसानहरूको उत्साहजनक सहभागिता रहेको थियो ।


