Logo

बुधवार, कार्तिक १२ गते २०८३

सुन्दर बागमती प्रदेशलाई विश्वसामु चिनाउने अभियानमा सचिव सुबेदी

सुन्दर बागमती प्रदेशलाई विश्वसामु चिनाउने अभियानमा सचिव सुबेदी

जोईन खबर

२३, मंसिर २०८२
  • 2.8K
    SHARES
  • सुन्दर बागमती प्रदेशलाई विश्वसामु चिनाउने अभियानमा सचिव सुबेदी

    २३ मंसिर, काठमाडौँ ।बागमती प्रदेशलाई सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक रूपमा आकर्षक गन्तव्यको रूपमा विश्वसामु चिनाउने अभियान बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्र सुबेदीको नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको छ।

    images

    हालै सम्पन्न मन्त्रालयस्तरीय बैठकमा सचिव सुबेदीले प्रदेशका पर्यटन सम्भावना, सांस्कृतिक सम्पदा, धार्मिक स्थल तथा मौलिक स्थानीय पहिचानलाई समेटेर अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत गरे।

    images
    images
    images

    उहाँका अनुसार मकवानपुर गढीसम्म हाइवेबाट पैदल पदमार्ग निर्माण, सिन्धुलीगढी, हरिहरपुरगढी, चितवनको उपरदाङगढी, सोमेश्वर गढीसहित विभिन्न महत्वपूर्ण गढी तथा ऐतिहासिक स्थानमा यस वर्ष भौतिक संरचना सुधार र आकर्षण विकासका काम तीव्र गतिमा भइरहेका छन्।

    सचिव सुबेदीले बागमती प्रदेशको विद्यमान सांस्कृतिक विविधता, प्राकृतिक सौन्दर्य, धार्मिक स्थल तथा साहसिक पर्यटनका अनगिन्ती सम्भावनालाई दीर्घकालीन अभियानमार्फत एकीकृत रूपमा विश्व बजारमा प्रवर्द्धन गर्ने तयारी भइरहेको बताए।

    उहाँका अनुसार काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्र, धुलिखेल–नागर्कोट–चिसापानी हाइकिङ ट्रेल, सिन्धुपाल्चोकका साहसिक गतिविधि क्षेत्र, रसुवाका धार्मिक–पर्यटन गन्तव्य, मकवानपुर र चितवनका प्राकृतिक आकर्षणलाई एकीकृत ब्रान्डिङमार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने रणनीति छ।

    सचिव सुबेदीले प्रादेशिक पर्यटन पूर्वाधार सुधार, डिजिटल प्रचार–प्रसार, निजी क्षेत्रसँग सहकार्य, स्थानीय सरकारहरूसँग संयुक्त अभियान सञ्चालन तथा सुरक्षित र सहज पर्यटन सेवा विस्तारलाई प्राथमिकतामा राखी बागमती प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन नक्शामा उभ्याउने लक्ष्य रहेको जानकारी दिए।

    सरकारको यो पहलले बागमती प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा नयाँ गति आउने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :मंसिर २३, २०८२ मंगलवार - १४:४४:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको