१ पुस काठमाडौँ । गोरखा नगरपालिकाले आगामी माघ १५ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ। नगरपालिकाको स्थापना २०५३ साल माघ १५ गते भएको स्मरणमा सोही दिन स्थापना दिवस मनाउने निर्णय गरिएको हो।
नगर प्रमुख कृष्ण राना मगरका अनुसार नगरपालिकाको ऐतिहासिक स्थापना मितिलाई सम्मान गर्दै प्रत्येक वर्ष माघ १५ गते स्थापना दिवस मनाउने परम्परा कायम गरिनेछ।
स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने तयारी नगरपालिकाले गरिरहेको छ। स्थापना दिवसमार्फत नगरपालिकाको विकास यात्रा, उपलब्धि र भावी योजनाबारे नागरिकलाई जानकारी गराउने उद्देश्य लिइएको नगरपालिकाले जनाएको छ।