Logo

बुधवार, कार्तिक १२ गते २०८३

सिरानचोकका एक युवाको काठमाडौँमा चक्कु प्रहार तथा निर्घात कुटपिटबाट मृत्यु

सिरानचोकका एक युवाको काठमाडौँमा चक्कु प्रहार तथा निर्घात कुटपिटबाट मृत्यु

जोईन खबर

३, पौष २०८२
  • 496
    SHARES
  • सिरानचोकका एक युवाको काठमाडौँमा चक्कु प्रहार तथा निर्घात कुटपिटबाट मृत्यु

    ३ पुस काठमाडौँ । गोरखाका एक युवाको चक्कु प्रहारबाट मृत्यु भएको छ । काठमाडौंमा बसोबास गर्दै आएका गोरखा  सिरानचोक गाउँपालिका–७, क्होला आरुबोट निवासी २१ वर्षीय बबिन गुरुङको दुःखद निधन भएको हो।

    images

    उनको काठमाडौंको नयाँ बसपार्क नजिक रहेको एक दोहोरी साँझमा केही विवाद पछि  राति घर  फर्किने क्रममा उनीमाथि चक्कु प्रहार तथा निर्घात कुटपिट भएको थियो। गम्भीर घाइते भएका गुरुङलाई केएमसी अस्पतालमा उपचारका लागि लगिए संगै उपचारकै क्रममा निधन भएको हो।

    images
    images
    images

    उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी महाराजगन्ज प्रहरी चौकीको थुनामा राखेको जानकारी प्राप्त भएको छ। घटनाको सत्य–तथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् भन्ने पीडित परिवार तथा सर्वसाधारणको माग रहेको छ।

    प्रकाशित मिति :पौष ३, २०८२ बिहिवार - ११:०२:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको