Logo

बुधवार, कार्तिक १२ गते २०८३

कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै

कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै

जोईन खबर

३, पौष २०८२
  • 511
    SHARES
  • कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै

    ३ पुस काठमाडौँ । धावक रामसुन्दर कार्की ललितपुरदेखि भारतको उत्तरप्रदेशस्थित अयोधा मन्दिरसम्म दौड्ने भएका छन् । ५५ वर्षीय कार्कीले चैत ७ गतेदेखि दौड थाल्ने छन् ।करिब ४ सय ५० किलोमिटर दूरी कार्कीले चैत १३ गते रामनवमीका दिन पूरा गर्ने बताए ।

    images

    सोको रुट अवलोकन गर्न कार्की पूर्व खेलाडी गोकुल खत्रीसंगै केही दिनपछि त्यसतर्फ प्रस्थान गर्दै छन् ।गोदावरी नगरपालिका वडा १, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गर्ने  छन् । उनी त्यहीका बासिन्दा हुन् ।

    images
    images
    images

    हनुमान मन्दिर पनि कार्की आफैले निर्माण गरेका हुन् । त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पिट्टलको गदा निर्माणका लागि सहयोग संकलन गर्न दौड्न लागेको कार्कीले जानकारी गराए ।कार्की यसअघि ललितपुरदेखि जनकपुर पाँचपटक, काठमाडौंदेखि दोलखा ३ पटक, काठमाडौं बुटवल १ पटक, काठमाडौंदेखि सिन्धुली ३ पटक र काठमाडौंदेखि उत्तर प्रदेश १ पटक दौडेर पुगेका थिए ।

    त्यस्तै उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिुलिङसम्म दौडेका थिए । कार्कीका अनुसार २०६४ सालमा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्लानै दौडेर पुगेका थिए ।

    प्रकाशित मिति :पौष ३, २०८२ बिहिवार - ११:३२:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको