Logo

बुधवार, कार्तिक १२ गते २०८३

रास्वपा सभापति लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश

रास्वपा सभापति लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश

जोईन खबर

३, पौष २०८२
  • 547
    SHARES
  • रास्वपा सभापति लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश

    ३ पुस काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ।

    images

    सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

    images
    images
    images

    रविलाई धरौटीमा रिहा गर्न आदेश भए पनि छबिलाल बन्जाडेको हकमा भने रिहाइको आदेश नभएको सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।

    बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो।

    जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।

    प्रकाशित मिति :पौष ३, २०८२ बिहिवार - १७:३३:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको