Logo

बुधवार, कार्तिक १२ गते २०८३

पुष ११ देखि सौराहामा हात्ती महोत्सव, बागमती पर्यटन मन्त्रालयको व्यापक तयारी

पुष ११ देखि सौराहामा हात्ती महोत्सव, बागमती पर्यटन मन्त्रालयको व्यापक तयारी

जोईन खबर

४, पौष २०८२
  • 595
    SHARES
  • पुष ११ देखि सौराहामा हात्ती महोत्सव, बागमती पर्यटन मन्त्रालयको व्यापक तयारी

    ४ पुस चितवन । बागमती प्रदेश सरकारको पर्यटन मन्त्रालयले पुष ११ गतेदेखि चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा हात्ती महोत्सव आयोजना हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको महोत्सवका लागि बागमती प्रदेशको पर्यटन मन्त्रालयले आवश्यक तयारी तीव्र पारेको जनाएको छ ।

    images

    बागमती प्रदेश पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीका अनुसार महोत्सवलाई सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउन मन्त्रालयले स्थानीय तह, सुरक्षा निकाय तथा पर्यटन व्यवसायीहरूसँग समन्वय गरिरहेको छ । “हात्ती महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र नभई चितवनको पर्यटन प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर हो,” सचिव सुवेदीले  भनु भयो, “यसबाट स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको सचिव सुवेदीले जानकारी दिनु भयो ।

    images
    images
    images

    महोत्सव अवधिभर हात्ती दौड, हात्ती सौन्दर्य प्रतियोगिता, सांस्कृतिक झाँकी, स्थानीय कला–संस्कृतिको प्रस्तुति तथा पर्यटकीय प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गरिने तयारी छ । साथै, पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य, सरसफाइ तथा यातायात व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको मन्त्रालयका सचिव सुवेदीले बताउनु भयो । पर्यटन व्यवसायीहरूले हात्ती महोत्सवले सौराहा क्षेत्रमा पर्यटकको आगमन बढाउने विश्वास व्यक्त गरेका छन् । महोत्सव सफल रूपमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको मन्त्रालयको भनाइ छ ।

    प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - १३:३९:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको