Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखा–ताकुकोट सेवा समाज, काठमाडौंको दशौँ वार्षिक साधारण सभा तथा पारिवारिक बनभोज कार्यक्रम पौष १२ गते हुने

गोरखा–ताकुकोट सेवा समाज, काठमाडौंको दशौँ वार्षिक साधारण सभा तथा पारिवारिक बनभोज कार्यक्रम पौष १२ गते हुने

जोईन खबर

९, पौष २०८२
  • 1.1K
    SHARES
  • गोरखा–ताकुकोट सेवा समाज, काठमाडौंको दशौँ वार्षिक साधारण सभा तथा पारिवारिक बनभोज कार्यक्रम पौष १२ गते हुने


    ९ पुस काठमाडौं। गोरखा–ताकुकोट सेवा समाज, काठमाडौंले आफ्नो दशौँ नियमित वार्षिक साधारण सभा तथा पारिवारिक बनभोज कार्यक्रम आगामी २०८२ साल पौष १२ गते शनिबार काठमाडौंको चोभार डाँडामा आयोजना गर्ने भएको छ।विगत वर्षहरूमा झैँ यस वर्ष पनि आपसी आत्मीयता, भेटघाट र मनोरञ्जनलाई मुख्य उद्देश्यका रूपमा राखेर कार्यक्रम आयोजना गर्न लागिएको समाजले जनाएको छ।

    images

    कार्यक्रममा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका बारपाक–सुलिकोट–ताकुकोट क्षेत्रका दाजुभाइ, दिदीबहिनी, आजीवन सदस्य, आफन्तजन तथा सम्पूर्ण परिवारजनहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।कार्यक्रम अन्तर्गत समाजको दशौँ नियमित वार्षिक साधारण सभा सम्पन्न गरिनुका साथै बारपाक–सुलिकोट गाउँपालिकाबाट एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिनेछ। गोरखा–ताकुकोट सेवा समाज, काठमाडौंका आजीवन सदस्यहरूको छोराछोरीहरूमध्ये एसईई 2081मा सर्वाधिक GPA प्राप्त गर्ने १ जना विद्यार्थीलाई नगद रु. १०,०००/- र सम्मान पत्र सहित  दिने छ । अरू विद्यार्थीहरूलाई सम्मान पत्र दिएर सम्मान गरिने छ। साथै, सांगीतिक तथा विविध मनोरञ्जनात्मक कार्यक्रम,खेलकुद तथा विभिन्न  गीत, गजल, कविता वाचन आकर्षक प्रस्तुतिहरू पनि रहनेछन्।

    images
    images
    images

    चोभार डाँडाको मनोरम प्राकृतिक दृश्यको अवलोकन गर्दै पारिवारिक वातावरणमा आयोजना गरिने उक्त बनभोज कार्यक्रमले समुदायबीच आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ। कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि प्रति व्यक्ति टिकट शुल्क रु. १,२०० निर्धारण गरिएको छ। शुल्क संस्थाको खातामा कोडमार्फत भुक्तानी गर्न सकिने र भुक्तानीपछि स्क्रिनसट सम्बन्धित व्यवस्थापन समिति सदस्यलाई पठाउन अनुरोध गरिएको छ।समाजले सम्पूर्ण सदस्य तथा समुदायका व्यक्तिहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।

    प्रकाशित मिति :पौष ९, २०८२ बुधवार - १७:५१:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको