Logo

बुधवार, कार्तिक १२ गते २०८३

१९ औँ हात्ती तथा पर्यटन महोत्सव २०८२ को  उद्घाटन पर्यटन मन्त्रालयका सचिव सुबेदीबाट

१९ औँ हात्ती तथा पर्यटन महोत्सव २०८२ को  उद्घाटन पर्यटन मन्त्रालयका सचिव सुबेदीबाट

जोईन खबर

१३, पौष २०८२
  • 529
    SHARES
  • १९ औँ हात्ती तथा पर्यटन महोत्सव २०८२ को  उद्घाटन पर्यटन मन्त्रालयका सचिव सुबेदीबाट


    १३ पुस काठमाडौँ । बागमती प्रदेशको पर्यटन प्रवर्द्धन र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको १९ औँ हात्ती तथा पर्यटन महोत्सव २०८२ को उद्घाटन समारोह ११ गते  भव्य रूपमा उद्घाटन भएको छ । उक्त  महोत्सवको उद्घाटन समारोहमा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुबेदीले गर्नु भएको थियो । उहाँले महोत्सवको औपचारिक उद्घाटन गर्दै हात्ती पर्यटनले बागमती प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो। 

    images

    605638746_813747185032477_3607947931716222479_n.jpg

    images
    images
    images

    सचिव सुबेदीले हात्ती तथा पर्यटन महोत्सवले स्थानीय संस्कृति, परम्परा र जैविक विविधताको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो। उहाँले प्रदेश सरकारले पर्यटन क्षेत्रको दिगो विकासका लागि आवश्यक नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको जानकारी पनि दिनुभयो।

    605539194_813747121699150_5055541296727679195_n.jpg

    उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। महोत्सव अवधिभर हात्ती खेल, सांस्कृतिक झाँकी, स्थानीय कला तथा खानाका स्टल, पर्यटकीय प्रदर्शनीलगायत विविध कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ।

    605553342_813747831699079_421983970809712079_n.jpg

    आयोजकका अनुसार महोत्सवले हेटौँडा तथा आसपासका क्षेत्रलाई पर्यटनको गन्तव्यका रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    605530399_813747775032418_7939923871122788978_n.jpg

    प्रकाशित मिति :पौष १३, २०८२ आइतवार - १०:२४:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको