Logo

बुधवार, कार्तिक १२ गते २०८३

बारपाक सुलिकोटका एसईई टपर विद्यार्थी सम्मानित

बारपाक सुलिकोटका एसईई टपर विद्यार्थी सम्मानित

जोईन खबर

१३, पौष २०८२
  • 4.3K
    SHARES
  • बारपाक सुलिकोटका एसईई टपर विद्यार्थी सम्मानित

    १३ पुस काठमाडौँ । गोरखा–ताकुकोट सेवा समाजको दशौँ वार्षिक साधारण सभाको अवसरमा गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका क्षेत्रका माध्यमिक विद्यालयहरूबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको छ।

    images

    बारपाक सुलिकोट गाउँपालिका–६ स्थित श्री सूर्य ज्योति माध्यमिक विद्यालयका विद्यार्थी अनुपम श्रेष्ठले एसईई २०८१ मा सर्वोत्कृष्ट ४.०० जिपिए प्राप्त गरी टपर बनेका छन्। उनलाई नगद रु. ११,००० (एघार हजार रुपैयाँ) सहित कार्यक्रमका प्रमुख अतिथि तथा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टबाट सम्मान गरिएको हो।

    images
    images
    images

    607091715_1286747646593271_6716263085152879971_n.jpg

    त्यसै अवसरमा साबिक ताकुकोट गाविस, हालको बारपाक सुलिकोट गाउँपालिका वडा नं. ६ भित्र रहेका श्री सूर्य ज्योति माध्यमिक विद्यालय, श्री माईकोट माध्यमिक विद्यालय र अन्तर ज्योति माध्यमिक विद्यालयबाट एसईई २०८१ मा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुने विद्यार्थीहरूमा क्रमशः अनुपम श्रेष्ठ, सुजिता बयलकोटी र दिपिका सुनार रहेका छन्। उनीहरूलाई प्रत्येकलाई रु. १०,००० (दश हजार रुपैयाँ) नगद पुरस्कार प्रदान गरिएको थियो।

    604591254_806572112426969_9220536419988209812_n.jpg

    त्यसैगरी, संस्थाका आजीवन सदस्यहरूका छोरा–छोरीमध्ये एसईई २०८१ मा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने आजीवन सदस्य बेल नारायण श्रेष्ठका छोरा प्रितम श्रेष्ठलाई रु. १०,००० (दश हजार रुपैयाँ) नगद पुरस्कार सहित सम्मान गरिएको छ।एसईई २०८१ उत्तीर्ण गर्ने संस्थाका आजीवन सदस्यहरूका छोरा–छोरीहरू स्पन्दन भन्ताना, शुसान श्रेष्ठ, सुजल श्रेष्ठ, प्रोत्साहन जोशी, दिवन घिमिरे, सचिन श्रेष्ठ, मिसिकी सुवेदी, श्रीजल श्रेष्ठ, श्रेया बस्नेत, रिवाज श्रेष्ठ, अन्जली भट्ट, बिजया गुरुङ र संजोक बानियाँलाई सम्मान पत्र प्रदान गरी प्रमुख अतिथिबाट सम्मान गरिएको थियो।

    604663949_2110773036352257_6165232590430819920_n.jpg

    कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका थिए। गोरखा–ताकुकोट सेवा समाजले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    601757797_838786805648462_4717461067847310828_n.jpg607106274_852494734071729_4339057046036581095_n.jpg604600031_1174860987757681_5950878685704469832_n.jpg607216769_1917309705659512_4370552516925976962_n.jpg

    607237886_868818222745492_1650008299399394532_n.jpg

    प्रकाशित मिति :पौष १३, २०८२ आइतवार - ११:३४:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको