Logo

बुधवार, कार्तिक १२ गते २०८३

 ताकुकोट पाल्खुको  भिमसेन मन्दिर अंकित रु. ५ को हुलाक टिकट गोरखा आइपुग्यो

 ताकुकोट पाल्खुको  भिमसेन मन्दिर अंकित रु. ५ को हुलाक टिकट गोरखा आइपुग्यो

जोईन खबर

१७, पौष २०८२
  • 1.3K
    SHARES
  •  ताकुकोट पाल्खुको  भिमसेन मन्दिर अंकित रु. ५ को हुलाक टिकट गोरखा आइपुग्यो

    १७ पुस काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न –६ ताकुकोटमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको भिमसेन मन्दिरको चित्र अंकित रु.५ दरको हुलाक टिकट जिल्ला हुलाक कार्यालय गोरखामा आइपुगेको छ।

    images

    नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत हुलाक सेवा विभागद्वारा प्रकाशित उक्त टिकटमा गोरखाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान झल्किने गरी भिमसेन मन्दिरको आकर्षक तस्वीर समावेश गरिएको छ। जिल्लाकै महत्वपूर्ण धार्मिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो टिकट महत्वपूर्ण हुने विश्वास गरिएको छ।

    images
    images
    images

    जिल्ला हुलाक कार्यालय गोरखाका अनुसार उक्त टिकट सर्वसाधारणका लागि छिट्टै बिक्री तथा प्रयोगमा ल्याइनेछ। टिकट संकलनकर्तासँगै धार्मिक र ऐतिहासिक सम्पदाप्रति रुचि राख्ने व्यक्तिहरूका लागि पनि यो विशेष आकर्षणको विषय बनेको छ।

    स्थानीयवासीहरूले भिमसेन मन्दिर अंकित हुलाक टिकट प्रकाशन हुनु गोरखाको पहिचान र पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश जाने बताएका छन्। यसले ताकुकोट क्षेत्रको धार्मिक महत्व उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :पौष १७, २०८२ बिहिवार - १५:३८:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको