Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेकपा एमाले गोरखा–२ बाट चक्रे मिलन प्रतिनिधि सभा उम्मेदवार सिफारिस

नेकपा एमाले गोरखा–२ बाट चक्रे मिलन प्रतिनिधि सभा उम्मेदवार सिफारिस

जोईन खबर

१८, पौष २०८२
  • 736
    SHARES
  • नेकपा एमाले गोरखा–२ बाट चक्रे मिलन प्रतिनिधि सभा उम्मेदवार सिफारिस

    १८ पुस गोरखा । नेकपा एमाले गोरखाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट चक्रे मिलन (मिलन गुरुङ) लाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।पार्टीको जिल्ला कमिटी तथा क्षेत्रीय समितिको संयुक्त बैठकले मिलनलाई प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

    images

    मिलन यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उम्मेदवारका रूपमा सिफारिस भएका थिए। तर पार्टीको केन्द्रीय निर्णयअनुसार त्यसबेला उनी निर्वाचन मैदानमा उत्रिएका थिएनन्।पार्टीका स्थानीय नेताहरूका अनुसार संगठन सुदृढीकरण, जनआधार विस्तार तथा पार्टी गतिविधिमा सक्रिय भूमिकाका कारण मिलनलाई पुनः उम्मेदवारका रूपमा अगाडि बढाइएको हो।

    images
    images
    images

    नेकपा एमाले गोरखाले क्षेत्र नम्बर २ मा बलियो उम्मेदवार प्रस्तुत गरी आगामी निर्वाचनमा विजयी हासिल गर्ने रणनीतिसहित तयारी तीव्र बनाएको जनाएको छ।

    प्रकाशित मिति :पौष १८, २०८२ शुक्रवार - १७:००:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको