Logo

बुधवार, कार्तिक १२ गते २०८३

तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक

तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक

जोईन खबर

२०, पौष २०८२
  • 508
    SHARES
  • तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक

    २० पुस काठमाडौँ । चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी २६ पदक जितेका छन् । गेरोगी, पुम्से र स्पिड किकमा खेलाडीले पदक जितेका हुन् ।जोलिना बस्नेत, हृदयानी बस्नेत, कैरवप्रसाद लोहनी र गिता विष्टले स्वर्ण जिते ।

    images

    आश्रय उपाध्याय, सक्षम श्रेष्ठ, आयाम पौडेल, मेघानी घतानी, जिग्मे तेन्जिङ शेर्पा, दीपक दुलाल र रन्जिता भुसालले रजत हात पारे ।एभिनजंग केसी, आरभी ज्ञवाली, यत्ना तिम्सिना, इनाया महर्जन, माइरा कार्की, श्रेयान कार्की, युजेन तामाङ, सोहन पाठक, एन्जल राई, जोसेफ गुरुङ, योन्डेन तामाङ, युब्साङ तामाङ, रिन्जेन आक्याङमी थामी, रियान्स बस्नेत र जाम्याङ तेन्जिङ शेर्पाले कांस्य प्राप्त गरे ।

    images
    images
    images

    प्रतियोगतामा लिटिल बड स्कुल, गोंगबु तेक्वान्दो डोजाङ र डाफोडिल पब्लिक स्कुलका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सरोज तामाङ र विकेश विडारी टोली प्रशिक्षकको जिम्मेवारीमा थिए ।

    प्रकाशित मिति :पौष २०, २०८२ आइतवार - १४:१९:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको