२२ पुस काठमाडौँ । काठमाडौंको गैरीगाउँ क्षेत्रमा रहेको एक काठ गोदाममा भीषण आगलागी भएको छ। आगलागीका कारण गोदाममा राखिएको काठ तथा अन्य सामग्री जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
आगलागीको खबर पाएलगत्तै काठमाडौं महानगरपालिका, ललितपुर र भक्तपुरबाट आएका दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगो फैलिन नदिन वरपरका घर तथा संरचनामा सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
हालसम्म आगलागीको कारण खुलेको छैन भने मानवीय क्षतिको विवरण पनि प्राप्त भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।