Logo

बुधवार, कार्तिक १२ गते २०८३

बालेन शाहसहित २६ जना रास्वपा केन्द्रीय समिति सदस्यमा मनोनीत

बालेन शाहसहित २६ जना रास्वपा केन्द्रीय समिति सदस्यमा मनोनीत

जोईन खबर

२२, पौष २०८२
  • 640
    SHARES
  • बालेन शाहसहित २६ जना रास्वपा केन्द्रीय समिति सदस्यमा मनोनीत

     

    images

    २२ पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ५९औँ केन्द्रीय समिति बैठक आज पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकले काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र (बालेन) साहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रूपमा अनुमोदन गरेको छ।

    images
    images
    images

    पार्टीका प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा यसअघि निर्णय भएका साथै नयाँ थपिएका गरी कुल ७ जना नयाँ केन्द्रीय सदस्य सहभागी भएका छन्। उनीहरूको सहभागितासँगै केन्द्रीय समितिको संरचना थप सुदृढ बनेको प्रवक्ता झाको भनाइ छ।

    बैठकले संगठन विस्तार, आगामी राजनीतिक कार्यदिशा र समसामयिक राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल गर्ने एजेन्डा तय गरेको छ। विशेषगरी स्थानीय तहबाट उदाएका जनप्रतिनिधि र सामाजिक रूपमा प्रभावशाली व्यक्तिहरूलाई केन्द्रीय नेतृत्वमा समेटेर पार्टीलाई थप समावेशी र प्रभावकारी बनाउने उद्देश्य रहेको रास्वपाले जनाएको छ।

    काठमाडौंका मेयर बालेन शाहको केन्द्रीय समितिमा अनुमोदनसँगै पार्टीभित्र नयाँ ऊर्जा थपिएको नेताहरूको बुझाइ छ। पार्टीले आगामी दिनमा वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै जनअपेक्षाअनुसारको राजनीतिक हस्तक्षेपलाई अझ मजबुत बनाउने रणनीति अघि बढाउने जनाएको छ।

    प्रकाशित मिति :पौष २२, २०८२ मंगलवार - १६:५३:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको