Logo

बुधवार, कार्तिक १२ गते २०८३

पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारको नयाँ रणनीति : सचिव सुवेदी

पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारको नयाँ रणनीति : सचिव सुवेदी

जोईन खबर

२४, पौष २०८२
  • 667
    SHARES
  • पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेश सरकारको नयाँ रणनीति : सचिव सुवेदी

    २४ पुस काठमाडौँ । बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न नयाँ रणनीति बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले एक संवादबाट सार्वजनिक गर्नु भएको छ । प्रदेश सरकारले निजी क्षेत्र, स्थानीय तह र समुदायको साझेदारीमा दिगो पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित बहुआयामिक कार्ययोजना अघि सारेको समेत सचिव सुवेदीले बताउनु भयो । 

    images

    प्रदेश सरकारका अनुसार नयाँ रणनीतिमा पर्यटन पूर्वाधार सुदृढीकरण, गन्तव्य विविधीकरण, डिजिटल प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ। शासकीय संवादको अवधारणाअनुसार नीति निर्माणदेखि कार्यान्वयनसम्म सरोकारवाला सबै पक्षसँग निरन्तर संवाद गरिने प्रदेश सरकारको भनाइ छ।प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्रीले पर्यटन क्षेत्र केवल भ्रमणको विषय मात्र नभई स्थानीय अर्थतन्त्र, संस्कृति र पहिचानसँग जोडिएको क्षेत्र भएको उल्लेख गर्दै नीति निर्माणमा समुदायको भूमिका महत्वपूर्ण हुने बताए। प्रदेश सरकारले एकल निर्णय होइन, संवाद र सहकार्यको मोडलमार्फत पर्यटन विकास गर्न तयार रहेको सचिव सुवेदीले जानकारी दिनु भयो । 

    images
    images
    images

    रणनीतिअनुसार बागमती प्रदेशभित्र रहेका धार्मिक, सांस्कृतिक, साहसिक र ग्रामीण पर्यटन गन्तव्यहरूलाई समेटेर एकीकृत पर्यटन सर्किट विकास गरिनेछ। साथै, होमस्टे, स्थानीय कला–संस्कृति र उत्पादनलाई पर्यटनसँग जोडेर आयआर्जनको अवसर विस्तार गर्ने योजना बागमती प्रदेश सरकार रहेको छ । डिजिटल प्लेटफर्ममार्फत गन्तव्यहरूको प्रचार, पर्यटक सूचना प्रणाली सुदृढीकरण र निजी क्षेत्रसँग सहकार्यमा अन्तरप्रदेश तथा अन्तर्राष्ट्रिय पर्यटन बजार विस्तार गर्ने विषय पनि रणनीतिमा समेटिएको छ।

    प्रदेश सरकारको यो पहललाई पर्यटन व्यवसायी तथा सरोकारवालाले सकारात्मक रूपमा लिएका छन्। उनीहरूले नीति कार्यान्वयनमा पारदर्शिता र निरन्तर संवाद कायम रहनुपर्ने सुझाव दिएका छन्।बागमती प्रदेश सरकारले शासकीय संवादलाई संस्थागत गर्दै पर्यटन क्षेत्रलाई दिगो र समावेशी विकासको दिशामा अघि बढाउने विश्वास व्यक्त गरेको छ।

    प्रकाशित मिति :पौष २४, २०८२ बिहिवार - १२:५३:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको