Logo

बुधवार, कार्तिक १२ गते २०८३

लमजुङमा निर्वाचन सुरक्षाका लागि १,३०६ जना म्यादी प्रहरी माग

लमजुङमा निर्वाचन सुरक्षाका लागि १,३०६ जना म्यादी प्रहरी माग

जोईन खबर

२५, पौष २०८२
  • 592
    SHARES
  • लमजुङमा निर्वाचन सुरक्षाका लागि १,३०६ जना म्यादी प्रहरी माग

    २५ पुस काठमाडौँ । आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा सुरक्षित रूपमा सम्पन्न गराउन लमजुङ प्रहरीले १,३०६ जना म्यादी (निर्वाचन) प्रहरी माग गरेको छ।

    images

    जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार म्यादी प्रहरी भर्नाका लागि पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त दिन सकिनेछ। इच्छुक नेपाली नागरिकहरूले सम्बन्धित प्रहरी कार्यालयमा उपस्थित भई आवेदन फारम भर्न सक्ने व्यवस्था गरिएको छ।

    images
    images
    images

    निर्वाचन अवधिभर सुरक्षालाई मजबुत बनाउन म्यादी प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ। म्यादी प्रहरीमार्फत मतदान केन्द्र सुरक्षा, मतपेटिका ढुवानी तथा समग्र निर्वाचन सुरक्षामा सहयोग पुर्‍याइनेछ।दरखास्त दिने उमेर, योग्यता, आवश्यक कागजात तथा अन्य विवरणहरू जिल्ला प्रहरी कार्यालयबाट प्राप्त गर्न सकिने प्रहरीले जानकारी दिएको छ।

    प्रकाशित मिति :पौष २५, २०८२ शुक्रवार - १६:०४:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको