Logo

बुधवार, कार्तिक १२ गते २०८३

चन्द्र भण्डारी र सुनिल शर्मा पनि विशेष महाधिवेशन पक्षमा

चन्द्र भण्डारी र सुनिल शर्मा पनि विशेष महाधिवेशन पक्षमा

जोईन खबर

२५, पौष २०८२
  • 706
    SHARES
  • चन्द्र भण्डारी र सुनिल शर्मा पनि विशेष महाधिवेशन पक्षमा

    २५ पुस काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालानिकट केन्द्रीय सदस्यद्वय चन्द्र भण्डारी र सुनिल शर्मा पनि विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।

    images

    उनीहरू आज विशेष महाधिवेशन स्थलका रूपमा तय गरिएको काठमाडौंको भृकुटीमण्डप पुगेका थिए। भृकुटीमण्डप पुगेर उनीहरूले विशेष महाधिवेशनको मागलाई थप बल पुगेको संकेत दिएका छन्।

    images
    images
    images

    पार्टीभित्र देखिएको आन्तरिक विवाद र संगठनात्मक समस्याको समाधानका लागि विशेष महाधिवेशन आवश्यक रहेको उनीहरूको बुझाइ रहेको बताइएको छ। पछिल्लो समय नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहस तीव्र बन्दै गएको छ।

    यसअघि पनि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूले विशेष महाधिवेशनको माग गर्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। चन्द्र भण्डारी र सुनिल शर्माको समर्थनपछि विशेष महाधिवेशन पक्षधर धार अझ बलियो बन्दै जाने संकेत देखिएको छ।

    प्रकाशित मिति :पौष २५, २०८२ शुक्रवार - १६:१०:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको