२५ पुस काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्त काठमाडौं आगमनपछि बसेको होटल याक एण्ड छाडेर रातिनै ‘दुसित प्रिन्सेस’ होटलमा सरेको विषय अहिले चर्चाको केन्द्र बनेको छ।स्रोतका अनुसार सञ्जय दत्त सुरुमा होटल याक एण्डमा बसोबास गरेका थिए। तर केही घण्टामै उनले होटल परिवर्तन गर्ने निर्णय लिएका हुन्। अचानक गरिएको होटल परिवर्तनले सामाजिक सञ्जालदेखि मनोरञ्जन वृत्तसम्म विभिन्न अड्कलबाजी सुरु भएको छ।
नजिकका स्रोतहरूका अनुसार सुरक्षा व्यवस्थापन, गोपनीयता तथा व्यक्तिगत सहजताका कारण उनले होटल परिवर्तन गरेको बताइन्छ। याक एण्ड होटलमा प्रशंसक र सञ्चारकर्मीको चहलपहल बढेपछि शान्त र सीमित पहुँच भएको होटल रोजिएको हुनसक्ने अनुमान गरिएको छ।
यद्यपि सञ्जय दत्त वा उनको व्यवस्थापन टोलीले होटल परिवर्तनबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। ‘दुसित प्रिन्सेस’ होटलमा सरेपछि भने उनको बसाइ थप गोप्य र व्यवस्थित बनेको बताइएको छ।सञ्जय दत्तको नेपाल भ्रमण र गतिविधिलाई लिएर यसअघि नै चासो बढिरहेका बेला रातारात होटल परिवर्तनको घटनाले थप जिज्ञासा पैदा गरेको छ।