Logo

बुधवार, कार्तिक १२ गते २०८३

केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया विजेता

केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया विजेता

जोईन खबर

२६, पौष २०८२
  • 655
    SHARES
  • केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया विजेता

    २६ पुस काठमाडौँ, । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको चौथो चरणमा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अमेरकाकी सोनिया मार्टिन पहिलो हुनुभएको छ । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता मिलनले दुई घन्टा २३ मिनेट २४ सकेन्ड समय लगाए ।

    images

    नेपालकै लोकेन्द्र राई दोस्रो र दिवाकर बुढामगर तेस्रो स्थानमा रहे । लोकेन्द्रले दुई घन्टा २६ मिनेट १६ सकेन्ड र दिवाकरले तीन घन्टा ११ मनेट ३५ सकेन्डमा दौड पुरा गरे । महिलातर्फ सोनियाले तीन घन्टा २८ मिनेट नौ सकेन्ड समय लगाइन् । सोनियाले गत महिना भएको तेस्रो चरणमा पनि पहिलो स्थान हासिल गरेकी थिइन । एनी माइ बान तीन घन्टा ३२ मिनेट ५३ सकेन्ड समय लगाएर दोस्रो र बेलायतकी सेली रेबेका चार घन्टा चार मिनेट ३३ सकेन्ड समयसहित तेस्रो स्थानमा रहे ।

    images
    images
    images

    १० किलोमिटर दौडमा पुरुषतर्फ स्विट्जरल्यान्डका सिमन डाल्चर एक घन्टा १८ मिनेट ४८ सकेन्ड समय लगाएर पहिलो स्थानमा रहे । नेपालका प्रेम बहादुर सुनुवारले पाँच सकेन्डले पछाडि परेपछि दोस्रो स्थानमा चित्त बुझाउनुपर्यो । मिङमा ग्याल्सेन शेपा (१ः३१.४३ सकेन्ड) तेस्रो स्थामा रहे । १० किलोमिटर महिलातर्फ जापानकी मायुको आकुतागावा (१ः२८.३८) पहिलो, बेलायतकी इलियाना मारिया ड्रापर १ः५७.१५ दोस्रो र अमेरिकाकी इरिका मिक्स २ः०३.०८ तेस्रो भए ।

    २५ किमीको दौड मच्छेगाउँ मातातीर्थबाट सुरु भएर चन्दािगरी केबलकार आधार स्टेसन, चन्द्रागिरी मन्दिर, धापभञ्ज्याङ, बुद्ध स्तूप, मच्छेनारायाण मन्दिर हुँदै पुन मच्छेगाउँमा पुगेर सम्पन्न भएको थियो । प्रतियोगितामा नेपालका ६६ र २४ विदेशीसहित ९० जना धावकधाविकाले सहभागिता जनाएका थिए । नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठ तथा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक राजेन्द्र तुलाधरले विजेतालाई पुरस्कार प्रदान गर्नुभयो ।

    ((

    प्रकाशित मिति :पौष २६, २०८२ शनिवार - २०:४९:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको