Logo

बुधवार, कार्तिक १२ गते २०८३

गोरखाबाट  किरण बाबु श्रेष्ठ, राजेन्द्र बजगाई सहित २१ जना महाधिवेशन प्रतिनिधि कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएनन् 

गोरखाबाट  किरण बाबु श्रेष्ठ, राजेन्द्र बजगाई सहित २१ जना महाधिवेशन प्रतिनिधि कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएनन् 

जोईन खबर

२९, पौष २०८२
  • 1.4K
    SHARES
  • गोरखाबाट  किरण बाबु श्रेष्ठ, राजेन्द्र बजगाई सहित २१ जना महाधिवेशन प्रतिनिधि कांग्रेसको विशेष महाधिवेशनमा सहभागी भएनन् 

    २९ पुस काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गोरखा जिल्लाबाट छनोट भएका २१ जना महाधिवेशन प्रतिनिधिहरु सहभागी भएका छैनन्।  विभिन्न व्यक्तिगत, स्वास्थ्य तथा अन्य कारण देखाउँदै उनीहरू विशेष महाधिवेशनमा उपस्थित नहुने जानकारी प्राप्त भएको छ।

    images

    गोरखाबाट महाधिवेशनमा सहभागी नहुने प्रतिनिधिहरूमा किरण बाबु श्रेष्ठ, राजेन्द्र बजगाई, जगत बहादुर बराम, चेत बहादुर अधिकारी, रेशम गुरुङ, धन बहादुर गुरुङ, महोन पोखरेल, बेद प्रसाद काप्री, चेतमान श्रेष्ठ, ओम बहादुर गुरुङ, हरि घले, तिलु घले, सलाउदिन मियाँ, पिताबर बडु, सुरेन्द्र भण्डारी, इन्द्र गुरुङ, नवीन श्रेष्ठ, फडिन्द्र भट्ट, फडिन्द्र धिताल तथा अशोक कुमार गुरुङ रहेका छन्।
    यसैगरी, महाधिवेशन प्रतिनिधि देबेन्द्र वाग्ले यसअघि नै निधन भइसकेकाले उहाँको सहभागिता सम्भव नभएको जनाइएको छ।

    images
    images
    images

    गोरखाबाट उल्लेख्य संख्यामा प्रतिनिधि अनुपस्थित हुने भएपछि विशेष महाधिवेशनमा जिल्लाको प्रतिनिधित्व कमजोर हुने आँकलन गरिएको छ। पार्टीको आन्तरिक छलफल, विधान संशोधन तथा भावी नेतृत्वसम्बन्धी महत्त्वपूर्ण निर्णय हुने विशेष महाधिवेशनमा प्रतिनिधिहरूको अनुपस्थिति अर्थपूर्ण रूपमा हेरिएको छ।

    नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीको भावी दिशा तय गर्ने अपेक्षा गरिएको बेला गोरखाबाट प्रतिनिधि नजाने विषयले जिल्लास्तरमा समेत चासो र चर्चा बढाएको छ। 

    प्रकाशित मिति :पौष २९, २०८२ मंगलवार - १७:२४:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको