Logo

बुधवार, कार्तिक १२ गते २०८३

चलचित्र ‘गोबर गणेश’ले दर्शकहरुको आँसु रोकिएन, भावनाले भरियो सिनेमा हल

चलचित्र ‘गोबर गणेश’ले दर्शकहरुको आँसु रोकिएन, भावनाले भरियो सिनेमा हल

जोईन खबर

१, माघ २०८२
  • 922
    SHARES
  • चलचित्र ‘गोबर गणेश’ले दर्शकहरुको आँसु रोकिएन, भावनाले भरियो सिनेमा हल

    १ माघ काठमाडौँ । नेपालका एक चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को नेपाली चलचित्र ‘गोबर गणेश’ ले प्रदर्शनसँगै दर्शकको मन मा गहिरोसँग छोएको छ। हाँसोका लागि परिचित बल्छी धुर्वेले यसपटक नेपाली समाजको यथार्थ पीडा र संवेदनालाई यति प्रभावकारी रूपमा पर्दामा उतारेका छन् । आज माघ १ गते देखि प्रदर्शनमा आएको  ‘गोबर गणेश’ चलचित्र देशभरिका सिनेमा हलमा दर्शकहरुको आँसु रोकिएको छैन् ।

    images

    780bca0a-94ed-4077-ad86-d5e7230e48b9.jpg

    images
    images
    images

    ग्रामीण परिवेशमा आधारित चलचित्र ‘गोबर गणेश’ले गरिबी, पारिवारिक संघर्ष, सामाजिक विभेद र मानवीय सम्बन्धका जटिलतालाई अत्यन्त भावुक ढंगले प्रस्तुत गरेको छ। कथावस्तु, संवाद र कलाकारहरूको सशक्त अभिनयले दर्शकलाई कथा भित्रै डुबाइदिएको देखिन्छ। चलचित्र हेरेपछि धेरै दर्शक भावुक हुँदै आँसु पुछ्दै हलबाट बाहिरिएको दृश्य देखिएको छ। चलचित्रमा मरिचमान श्रेष्ठ स्वयंको दमदार अभिनयसँगै वर्षा शिवाकोटी, पूजन घिमिरे, सीता देवी तिमल्सिना, पदम तामाङलगायत कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ। हास्य छविका कारण चिनिएका कलाकारले गम्भीर र भावनात्मक भूमिकामा पनि आफूलाई सफलतापूर्वक प्रस्तुत गरेका छन्।

    68e5056b-4fae-463d-8615-41252daedcc7.jpg

    प्रदर्शनपछि प्रतिक्रिया दिँदै निर्माता तथा अभिनेता मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ले ‘गोबर गणेश’ आफ्नै माटोको कथा भएको बताउँदै दर्शकले चलचित्रलाई दिएको माया र भावनाले आफू भावुक बनेको बताए । उनका अनुसार यो चलचित्र केवल मनोरञ्जनका लागि मात्र नभई समाजको वास्तविकता देखाउने प्रयास हो। देशभरका सिनेमा हलहरूमा प्रदर्शन भइरहेको ‘गोबर गणेश’ले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। चर्चित हास्य कलाकार ‘बल्छी धुर्वे’को नेपाली चलचित्र गोबर गणेश हेरे दर्शकहरुले धेरै दु ख पाएको अभिनय देखेर आँशु रोक्न  नसकेको बताए ।

    ddf04548-6e12-4bc4-a629-e76a9e78787e.jpg

    हास्य कलाकार ‘बल्छी धुर्वे’ को आमा समेत आज चलचित्र हेर्न सिनेमा हल पुग्नु भएको थियो । ‘बल्छी धुर्वे’को आमाले सिनेमा हलबाट बाहिरिदै गर्दा मिडियाकर्मी संग बोल्दै भनु भयो सबै कुरा राम्रो थियो, तर तिन जानले पछारेको देखेर रुन मन लागेर आयो भनु भयो । उहाँको आमालाई एक पत्रकारले सोधे छोराको भिडियो कति को हेर्नु हुन्छ ,भन्दा हेर्न मन त लाग्छ तर धेरै दु ख को र च्यातिएको झुत्रो कपड देखेर माया लाग्छ भनु भयो ।यस चलचित्रले नेपाली समाजको यथार्थ कथा र संवेदनालाई मार्मिक रूपमा प्रस्तुत गरेको यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा गहिरो छाप छोड्ने विश्वास गरिएको छ।

    509f009c-d497-41da-8e6b-28d22a8d0e41.jpg

    f6c1065d-891d-4fa1-9992-ea2eed9a83d8.jpg 

    प्रकाशित मिति :माघ १, २०८२ बिहिवार - २२:५७:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको