Logo

बुधवार, कार्तिक १२ गते २०८३

रास्वपा पार्टी कार्यालयमा बालेनको क्रेज, ५ मिनेटमै बाहिर निस्किए

रास्वपा पार्टी कार्यालयमा बालेनको क्रेज, ५ मिनेटमै बाहिर निस्किए

जोईन खबर

४, माघ २०८२
  • 442
    SHARES
  • रास्वपा पार्टी कार्यालयमा बालेनको क्रेज, ५ मिनेटमै बाहिर निस्किए


    ४ माघ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय पार्टी कार्यालयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को उपस्थितिले केही समयका लागि असाधारण माहोल सिर्जना भएको छ। बालेन कार्यालयमा प्रवेश गरेलगत्तै कार्यकर्ता तथा समर्थकहरूको भीड बढेपछि उनी करिब ५ मिनेटमै बाहिर निस्किएका हुन्।

    images

    मेयर पदबाट राजीनाम दिएर आजआइतबार दिउँसो रास्वपा कार्यालय पुगेका बालेनलाई देख्न र भेट्न पार्टी कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको ठूलो भीड जम्मा भएको थियो। मोबाइल क्यामेरा निकालेर फोटो र भिडियो खिच्नेहरूको भीड बढ्दै गएपछि कार्यालय परिसर अव्यवस्थित बन्न थालेको थियो।

    images
    images
    images

    स्थिति नियन्त्रण बाहिर जान सक्ने संकेत देखिएपछि बालेनले छोटो समयमै कार्यालय छोडेको स्रोतले जनाएको छ। उनी कार्यालयभित्र प्रवेश गर्दा रास्वपाका सभापति तथा केही नेताहरूसँग संक्षिप्त भेटघाट र घण्टी बजाइ अभिवादन गरेका थिए ।  

    रास्वपा कार्यालयमा देखिएको बालेनको क्रेजले पछिल्लो समय उनको लोकप्रियता अझै बढ्दो क्रममा रहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्। औपचारिक कार्यक्रम नभए पनि उनको एक झलकका लागि देखिएको भीडले राजनीतिक वृत्तमा नयाँ चर्चा थपेको छ।

    यद्यपि बालेन रास्वपा कार्यालयमा पुगी पदभार ग्रहण गरेका छन् ।  यस घटनालाई लिएर सामाजिक सञ्जालमा समेत विभिन्न अड्कलबाजी सुरु भएको छ। तर केही मिनेटमै सिर्जिएको भीड र उत्साहले उनको प्रभाव र जनचासो कति गहिरो छ भन्ने स्पष्ट देखिएको छ।

    प्रकाशित मिति :माघ ४, २०८२ आइतवार - १७:३२:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको